काठमाडौँ– जगदम्बाले सिमरामा नयां उधोग थप्न लागे पछि स्थानियहरु आक्रोसित भएका छन । उधोगले दक्षिण एसियाकै ठुलो जस्ता पलाण्ट थप्न लागेको हो । यस अघि जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थीत जगदम्बा स्टील प्रा.लीले अत्यधिक प्रदुष गरेको भन्दै पटक पटक आन्दोलन गदै आएका स्थानिय एसियाकै सबैभन्दा ठुलो जस्ता पलान्ट स्थापन गर्न सुरु गरेपछि आतंकित बनेका छन ।
सिमरामा रहेको उधोगले अत्यधिक प्रदुषण गदै आइरहेको छ । उधोगको प्रदुषणका कारण सिमरामा बिभिन्न खालका रोगका प्रकोप देखा परेकोले बसोबास क्षेत्रमा नयां उधोग स्थापनामा रोक लगाउनु पर्ने साबिक पिपरा सिमरा गाबिसका अध्यक्ष भोला अधिकारीले बताउनु भयो । अहिले रहेको उधोगबाट सिमरामा बस्न नसकिने अवस्था छ थप उधोग स्थापन गरीएमा सिमरा क्षेत्रमा बस्न नसकिने भएकोले नयां उधोग स्थापना रोक्न सम्बन्धित पक्षलाई दबाब दिनु आवश्यक रहेको सिमराका सामाजिक अगुवा मनोज पौडेलले बताउनु भयो । यो जस्ता पाताको उधोग स्थापना गरीयो भने हामि सिमरामा बस्न सक्दैनौ त्यसैले यो रोक्नु पर्छ अन्यथा हामि आन्दोलन गछौ स्थानिय कर्ण बोकटीले भने ।
प्रतिक्रिया