बैंकिङ प्रणालीमा एकैदिन १५ अर्बले बढ्यो निक्षेप, अन्तरबैंक ब्याजदर ८.५० प्रतिशत पुग्यो

३ बर्ष अगाडि

काठमाडौं - बैंकिङ प्रणालीमा एकैदिन १५ अर्ब रुपैयाँ निक्षेप बढेको छ ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार साउन ३१ गते बैंकिङ प्रणालीमा एकैदिन १५ अर्ब रुपैयाँ थपिएको हो । 

योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५० खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ । साउन ३० गतेसम्म कुल निक्षेप ५० खर्ब १९ अर्ब रुपैयाँ रहेको थियो ।

साउन ३१ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो सामान्य सुधार हुँदै ८८.०७ प्रतिशतमा झरेको छ । अघिल्लो दिनसम्म औसत सीडी रेसियो ८८।२७ प्रतिशत थियो । 

अन्तरबैंक ब्याजदर ८.५० प्रतिशत पुगेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया