काठमाडौं - माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ सम्मको लिन बाँकी रहेका लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।
बैंकले आज एक सूचना प्रकाशित गरी आर्थिक वर्ष २०७३/७४ देखि आर्थिक वर्ष २०७६/७७ सम्मको लिन बाँकी रहेको नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको हो ।
त्यसका लागि आफ्नो परिचयपत्रका साथ यथाशीघ्र काठमाण्डौको पुतलीसडकस्थित बैंकको सेयर विभागमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।
लाभांश बुझिलिन डिम्याट खाता खोल्न बाँकी रहेका सेयरधनीहरुले डिम्याट खाता खोल्न, डिम्याट खाता खोलिसकेकाहरुले बैंक खाता अद्यावधिक गर्न र सेयर प्रमाणपत्र अभौतिकीकरण गर्न बाँकी रहेकाहरुले अभौतिकीकरण गर्न पनि बैंकले अनुरोध गरेको छ ।
प्रतिक्रिया