सर्वसाधारणका लागि ५० हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै प्रभु बैंक

३ बर्ष अगाडि

काठमाडौं - प्रभु बैंक लिमिटेडले संस्थापक समूहको शेयर सर्वसाधारणका लागि बिक्री खुला गर्ने भएको छ । बैंकले भदौ १० गतेदेखि ५० हजार कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । 

उक्त शेयरको मूल्य १४० रुपैयाँ रहेको छ । उक्त शेयरमा न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।

खरीद गर्न योग्य इच्छुक जो कोही व्यक्ति, कम्पनी वा संस्थाले उक्त संस्थापक शेयरमा भदौ १७ गतेभित्र बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ नक्सालमा सिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया