काठमाडौं - अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा ४ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार उक्त नाफा अघिल्लो वर्षको तुलनामा १.९९ प्रतिशत बढीले बढी हो । अघिल्लो वर्ष कम्पनीले ४ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि २९.२१ प्रतिशतले बढेर ३८ करोड ७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष विद्युत बिक्रीबाट कम्पनीले २९ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
चुक्तापुँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार ४७.५० प्रतिशतले बढेर १२ करोड ३३ लाख रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष रिजर्भमा ८ करोड ३६ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ३.२४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११२.४० रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३९९.७७ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया