भदौ ८ गतेबाट साढे २१ लाख बढी कित्ता सेयर बिक्रीमा ल्याउदै नेपाल इन्स्योरेन्स, न्यूनतम मूल्य कति ?

३ बर्ष अगाडि

काठमाडौं - नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले यही भदौ ८ गतेबाट साढे २१ लाख बढी कित्ता सेयर बिक्रीमा ल्याउने भएको छ ।

कम्पनीले संस्थापक समूहको २१ लाख ५७ हजार ६१५ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याउने भएको हो । यो लिलामी सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन् । 

लिलामीमा राखिएको सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३२५ रुपैयाँ तोकिएको छ । बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । 

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ । अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ । 

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालय र ग्लोबल आइएमई बैंकका शाखाहरु बिर्तामोड, विराटनगर, जनकपुरधाम, वीरगन्ज, हेटौँडा, नारायणगढ, न्युरोड (पोखरा), बुटवल, बागलुङ बजार, नेपालगन्ज, वीरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगरमा पेस गर्न सकिनेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया