शुभ लक्ष्मी कोषको इकाईमा आजसम्म मात्र आवेदन दिन सकिने, कति ?

३ बर्ष अगाडि

काठमाडौं - लक्ष्मी क्यापिटलको निष्कासनमा ल्याएको खुलामुखी म्युचुअल फण्डको इकाईमा आवेदन दिने आजअन्तिम दिन रहेको छ । कम्पनीले साउन १९ गतेदेखि लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने शुभ लक्ष्मी कोष निष्काशनमा ल्याएको हो । 

उक्त योजना अन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ दरको ५ करोड इकाईमध्ये न्यूनतम ७५ लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित गरि ४ करोड २५ लाख इकाई निष्काशन गरेको हो । 

सोमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई निष्काशन गरेको हो ।सो इकाईका लागि लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ५० लाख इकाईका लागि आवेदन दिन सकिनेछ ।

सो कोषको इकाईका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । 

यो फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया