काठमाडौं - सिद्धार्थ बैंक लिमिटेड र विराटनगरस्थित ह्यारिसन प्यालेसबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रदेश १ प्रमुख कमल बस्नेत तथा ह्यारिसन प्यालेसका तर्फबाट निर्देशक शोभाना दुगरले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार बैंकका ग्राहकले ह्यारिसन प्यालेसमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैैंकिङमार्फत होटल बसाइ सेवाको भुक्तानी गर्दा २० प्रतिशत सम्मको छुट र खानाको भुक्तानी गर्दा १५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यस सुविधाले ग्राहकलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले ग्राहकलाई डिजिटल बैंकिङ माध्यमतर्फ प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।
ग्राहकमैत्री प्रविधिहरु भित्र्याउने क्रममा बैंकले विभिन्न डिजिटल बैंकिङ सेवाहरु जस्तै– अनलाइनबाटै बचत, मुद्दति र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिनेजस्ता सुविधाहरु आफ्नो वेबसाइटमा रहेको ईजीबैंक पोर्टलमार्फत प्रदान गर्दै आएको छ ।
डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरु सिद्धार्थ बैंकको वेबसाइट https://www.siddharthabank.com/merchant-offer मा प्राप्त गर्न सकिनेछ ।
प्रतिक्रिया