धितोपत्र बोर्डले दियो ब्रोकर नम्बर ५७ लाई दुई स्थानमा शाखा विस्तारको अनुमति

३ बर्ष अगाडि

काठमाडौं - नेपाल धितोपत्र बोर्डले ब्रोकर नम्बर ५७, आर्यतारा इन्भेष्टमेन्ट इन्भेष्टमेन्ट एण्ड सेक्यूरिटीज प्रालिलाई दुई स्थानमा शाखा विस्तारका लागि अनुमति दिएको छ ।

बोर्डले साउन ३१ गते उक्त ब्रोकरलाई रुपन्देही जिल्लाको भैरहवा र पाल्पा जिल्लाको तानसेनमा शाखा कार्यालय खोल्न अनुमति प्रदान गरेको हो । धितोपत्र व्यवसायी ९धितोपत्र दलाल तथा धितोपत्र व्यापारी० नियमावली २०६४ को नियम ४० को उपनियम ९१० को व्यवस्था बमोजिम उक्त स्वीकृति प्रदान गरिएको बोर्डले जनाएको छ ।

बोर्डले पहिलो चरणमा ७ स्थानमा र दोस्रो चरणमा ११ स्थानमा गरी उपत्यका बाहिर विभिन्न स्थानमा शाखा कार्यालय सञ्चालनको अन्तिम स्वीकृति दिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया