काठमाडौं- गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निर्मल भट्टराई नियुक्त भएका छन्।
कम्पनी सञ्चालक समितिको गत साउन २९ गते बसेको बैठकले भट्टराईलाई सीईओमा नियुक्त गरेको हो। उनलाई भदौ १ गतेदेखि लागू हुने गरी कम्पनीको सीईओमा नियुक्त गरिएको छ।
भट्टराईले भारतबाट चाटर्ड अकाउन्टेन्सी (सीए) गरेका छन्। उनी संस्थाको स्थापनाकालदेखि नै विभिन्न ओहदामा रहेर कार्यसम्पादन गर्दै आएका छन्। हाल उनी संस्थाको सीईओमा पदमा नियुक्त हुन सफल भएका छन्।
यसअघि भट्टराईले गरिमा क्यापिटलको निमित्त सीईओको कार्यभार सम्हाल्दै आएका छन्।
प्रतिक्रिया