काठमाडौंं- भारतीय सेयर बजारमा आज (बुधबार) उछाल आएको छ।
विश्व बजारबाट आएको राम्रो संकेतका कारण भारतीय सेयर बजार उछाल आएको हो। आज सेन्सेक्स १३१ अंकले बढेर ५९९९७ को विन्दुमा कारोबार गरिरहेको छ ।
शेयर बजार १७ जुन २०२२ सम्म आउँदा ५० हजार ९२१.२२ अंकको तल्लो बिन्दुसम्म झर्यो। जुन १८.१९ प्रतिशतको गिरावट थियो। उच्चतम बिन्दुबाट न्यूनतम बिन्दुमा झर्न सेन्सेक्सले सात महिना २८ दिनको समय लियो। तर बुधवार ठिक दुई महिना पछि बजार पुनः त्यही बिन्दु नजिक पुग्यो। जसले गर्दा भारतीय शेयर बजारका आम लगानीकर्ता हर्षित भएका हुन्।
अर्कोतर्फ निफ्टी ४३ अंकले १७८७१ को विन्दुमा कारोबार गरिरहेको देखिन्छ।
प्रारम्भिक कारोबारमा सेन्सेक्स ६०००० स्तरमा पुगेको थियो। एनटीपीसी, ग्रासिम निफ्टीमा शीर्ष नाफा भएका छन्।
प्रतिक्रिया