लाभांश विवरणका लागि लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फण्डको बुकक्लोजको मिति तय, कहिले ?

३ बर्ष अगाडि

काठमाडौं- लक्ष्मी म्युचुअल फण्डद्वारा सञ्चालित लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फण्डले प्रतिफल वितरणको लागि बुक क्लोज मिति तय गरेका छन् ।

दुवै फण्डले नगद लाभांश वितरणको लागि भदौ ७ गते बुक क्लोज गर्ने जानकारी दिएका हुन् । यस आधारमा भदौ ६ गतेसम्म इकाई खरीद गर्ने इकाईधनीहरूले नगद लाभांश पाउनेछन् ।

लक्ष्मी उन्नत्ति कोषले इकाईधनीहरूलाई आव  २०७८र ७९  सम्मको सञ्चित  मुनाफाबाट ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो ।

त्यसैगरी लक्ष्मी इक्विटी फण्डले ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया