काठमाडौं- साताको चौथो कारोबारको दिन (बुधबार) शेयर बजार झिनो अंकले घट्न पुगेको छ ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार २४.८३ अंक घटेर २०४१.८३ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ०.३६ अंकले घटेर २०४०.७० को बिन्दुमा पुगेको छ ।
शेयरबजार घटेपनि केही हाइड्रोपावरक कम्पनीहरुको शेयरमूल्य भने बढ्न पुगेको छ । आज पाँच कम्पनीको शेयरमा सर्किट लागेको छ ।
आज श्वेत गंगा हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशत, मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य ९.९९ प्रतिशत र अपर हेवाखोलाको,अपर सोल , सर्पोट माइक्रोफाइनान्सको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको हो ।

प्रतिक्रिया