नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

३ बर्ष अगाडि

काठमाडौं- साताको चौथो कारोबारको दिन (बुधबार) शेयर बजार झिनो अंकले घट्न पुगेको छ । 

अघिल्लो कारोबार दिन अर्थात मंगलबार २४.८३ अंक घटेर २०४१.८३ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ०.३६ अंकले घटेर २०४०.७० को बिन्दुमा पुगेको छ । 

नेप्से परिसूचक घटेसँगै आज कारोबार समेत घट्न पुगेको छ ।  हिजो २ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको शेयर बजारमा ३४ लाख ९७ हजार ८८१ कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब ४० करोड रुपैयाँमा सीमित हुन पुगेको छ ।

शेयरबजार घटेपनि केही हाइड्रोपावरक कम्पनीहरुको शेयरमूल्य भने बढ्न पुगेको छ । आज पाँच कम्पनीको शेयरमा सर्किट लागेको छ ।

आज श्वेत गंगा हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशत, मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य ९.९९ प्रतिशत र अपर हेवाखोलाको,अपर सोल , सर्पोट माइक्रोफाइनान्सको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको हो ।

यता सामलिङ्ग पावरको शेयरमूल्य सबैभन्दा धेरै ५.१४ प्रतिशतले घटेको छ भने मनकामना लघुवित्तको ५.०५ प्रतिशत, सिंगटी हाइड्रोपावर ३.६४ प्रतिशत र सबैको लघुवित्तको शेयरमूल्य ३.२५ प्रतिशतले घटेको छ।

बुधबार पनि रिडी हाइड्रोपावरको सबैभन्दा धेरै १८ करोड १८ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको ६ करोड ९० लाख, नबिल बैंकको ४ करोड २६ लाख, आइसिएफसि फाइएनान्सको ३ करोड ६५ लाख र नेपाल दुरसञ्चार कम्पनीको ३ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमा ७ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ६ उपसमूहको सूचक नकारात्मक देखिएको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया