एजेन्सी - विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले मंगलबार ट्विट गर्दै आफूले इंग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेड किन्ने बताएका छन् । अमेरिकन व्यापारी मस्कले म्यानचेस्टर युनाइटेडलाई किन्नका गरिने सम्झौताको विषयमा भने स्पष्ट पारेका छैनन् ।
यसअघि उनले सामाजिक सञ्जाल ट्विटर किन्ने घोषणा गरेका थिए । तर मस्क अहिले सोसल मिडिया कम्पनी ट्विटर किन्नको लागि ४४ बिलियन डलरको सम्झौताबाट बाहिरिने प्रयासमा छन्, जसले उनलाई अदालत पुर्याएको छ ।
म्यानचेस्टर युनाइटेड विश्व फुटबलको सबैभन्दा प्रसिद्ध नाममध्ये एक हो । क्लबका वर्तमान मालिक अमेरिकी ग्लेजर परिवारलाई क्लबबाट निकाल्न फ्यानहरू चाहन्छन् ।
म्यानचेस्टरको ट्विटर खातामा ३ करोड २० लाखभन्दा बढी फलोअर्स छन् र मस्कको ट्विटले तीन घन्टाभित्र प्लेटफर्ममा करिब चार लाख ुलाइकु पाएको छ ।
केही असन्तुष्ट युनाइटेड फ्यानहरूले पहिले मस्कलाई ट्विटरको सट्टा क्लब किन्न विचार गर्न आग्रह गरेका थिए ।
प्रतिक्रिया