एनएमबि म्युचुअल फण्ड अन्तर्गतको म्युचुअल फण्ड योजनाहरुको वित्तीय विवरण प्रकाशित, कुनको अवस्था कस्तो ?

३ बर्ष अगाडि

काठमाडौं-एनएमबि म्युचुअल फण्ड अन्तर्गत एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही संचालनमा रहेको एनएमबि हाइब्रिड फण्ड एल–१, एनएमबि फिफ्टी र एनएमबि सरल बचत फण्ड–इ ले आर्थिक वर्ष २०७८/७९ को संक्षिप्त वित्तीय विवरण प्रकाशित गरेको छ । 

एनएमबि हाइब्रिड फण्ड एल–१ को २०७९ आषाढमा प्रतिइकाई खूद सम्पत्ति मुल्य १३ रुपैयाँ १३ पैसा कायम रहेको छ । अघिल्लो वर्ष यस फण्डको प्रतिइकाई खूद सम्पत्ति मुल्य १६ रुपैयाँ ८९ पैसा कायम रहेको थियो । योजनाले आ.व. ७८/७९ को लागि २१.०५२६३% नगद लाभांश घोषणा गरि मिति २०७९ श्रावण ३१ गते बुक क्लोज गरिसकेको छ । 

एनएमबि फिफ्टी को २०७९ आषाढमा प्रतिइकाई खूद सम्पत्ति मुल्य १३ रुपैयाँ २८ पैसा कायम रहेको छ । अघिल्लो वर्ष यस फण्डको प्रतिइकाई खूद सम्पत्ति मुल्य १८ रुपैयाँ ९६ पैसा कायम रहेको थियो । योजनाले आ.व. ७८/७९ को लागि २१.०५२६३% नगद लाभांश घोषणा गरि मिति २०७९ श्रावण ३१ गते बुक क्लोज गरिसकेको छ । 

एनएमबि म्युचुअल फण्ड अन्तर्गतको चौथो म्युचुअल फण्ड योजना “एनएमबि सरल बचत फण्ड–इ” रहेको छ । विगत नौ महिना देखि संचालनमा रहेको यस योजनाको २०७९ आषाढमा खूद सम्पत्ति मुल्य ९ रुपैयाँ ११ पैसा कायम रहेको छ ।

साथैे एनएमबि क्यापिटल लिमिटेडको पाँचौं म्युचुअल फण्ड योजना “एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२” २०७९ श्रावण २६ गते देखि निष्काशन भईरहेको छ । सो योजनाको म्युचुअल फण्ड इकाईमा आवेदन दिने म्याद थप गरिएको छ । योजनामा भाद्र ९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया