काठमाडौं- साताको चौथो कारोबारको दिन (बुधबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार २४.८३ अंक घटेर २०४१.८३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.५९ अंक बढेर २०४३.६२ विन्दुमा पुगेको छ।
बुधबार प्रि ओपन सेसनमा १५ स्टकको २ लाख ५१ हजार ७४८ रुपैयाँ ८० पैसा बराबरको ४९६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ६ स्टकको मूल्य बढेको छ भने ५ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया