स्पेशल प्रि ओपनमा मन्दाकिनी, श्वेत गंगा र अपरसोलु हाइड्रोपावरको पहिलो कारोबार, कतिमा ?

३ बर्ष अगाडि

काठमाडौं-आज बुधबार स्पेशल प्रि ओपन सेसनमा मन्दाकिनी हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन र अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको पहिलो कारोबार भएको छ।

यस दिन मन्दाकिनीको प्रतिकित्ता २३७ रुपैयाँ ३० पैसा, अपर सोलुको ३२४ रुपैयाँ ६० पैसा र श्वेतगंगाको २६९ रुपैयाँमा पहिलो कारोबार भएको हो।

यी तीनवटै स्टकको शेयर साउन ३१ गते नेप्सेमा सूचीकृत भएको थियो। स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात अब यी कम्पनीहरुको शेयर नियमित बजारमा कारोबार गर्न सकिनेछ।

३ बर्ष अगाडि

प्रतिक्रिया