काठमाडौं - गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा १७ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणले यस्तो देखाएको हो ।
उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा ४४ प्रतिशतले बढी हो । विवरण अनुसार यस अवधिमा कम्पनीले अधिकांश सूचका प्रगति गरेको छ ।
समिक्षा अवधिमा कम्पनीले ३ अर्ब ५ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ६३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमा शुल्क १६ प्रतिशतले कमी हो ।
यस अवधिमा कम्पनीले १ अर्ब ६२ करोड ८५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६६ करोड २७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । यस अवधिमा कम्पनीले अभिकर्ता कमिशन मार्फत ३६ करोड ८३ लाख रुपैयाँ खर्चिएको छ ।
यस अवधिमा कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ८ रुपैयाँ ४० पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १३१ रुपैयाँ ७८ पैसा रहेको छ । २ अर्ब ८ करोड रुपैयाँ चुक्त पूँजी भएको कम्पनीको जगेडा कोषमा ५८ करोड ७४ लाख रुपैयाँ संचीति रहेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषको आकार बढेको हो । अघिल्लो आथिृक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ५३ करोड ८४ लाख रुपैयाँ थियो । जीवन बीमा कोषमा १२ अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।
प्रतिक्रिया