सानिमा बैंकको तीजको कोसेली योजना सार्वजनिक, के छ सुबिधा ?

३ बर्ष अगाडि

काठमाडौं - सानिमा बैंकले हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ । 

उक्त योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ्ग, एनसेल सिम कार्ड, USD इ–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिनेछ । साथै, लकर शुल्कमा ७५ प्रतिशत छुट प्राप्त गर्ने छन् । 

यसैगरी पहिलो POS कारोबारमा १० प्रतिशत वा अधिकतम रु. ५०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना २०७९ भाद्र १ देखि भाद्र १५ गतेसम्म लागू हुनेछ ।

 साथै, क्यासब्याक योजना २०७९ भाद्र मसान्तसम्म लागू हुनेछ । सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया