एभरेष्ट बैंकको २ अर्ब रुपैयाँको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, ब्याज कति ?

३ बर्ष अगाडि

काठमाडौ - एभरेष्ट बैंकको २ अर्ब रुपैयाँको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

गत साउन १८ गतेबाट बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ भएको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र–२०८५’ नामक ऋणपत्र बिक्री खुला गरेको हो ।

 यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटले जनाएको छ । बैंकले कुल इकाइमध्ये १२ लाख इकाइ ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी ८ लाख इकाइ भने सर्वसाधारणका लागि बिक्री खुला गरेको छ । 

जसमा ५ प्रतिशतले हुन आउने ४० लाख इकाइ सामूहिक लागानी कोषका लागि छुट्याइएको छ । बाँकी ७ लाख ६० हजार इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतममा १ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डको इजाजतपत्र प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन दिन सकिनेछ । 

बैंकको यो ६ वर्षे अवधिको ऋणपत्र हो । यसमा लगानीकर्ताले वार्षिक १०.५० प्रतिशत ब्याज पाउनेछन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया