भदौ ६ सम्म कायम इकाइधनीहरुले मात्र लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई योजनाको प्रतिफल पाउने

३ बर्ष अगाडि

काठमाडौं - लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको प्रतिफल वितरणार्थ बुक कलोजको मिति तय गरिएको छ । 

योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केटले लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको प्रतिफल वितरणार्थ यही भदौ ७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यसैले भदौ ६ गतेसम्म कायम इकाइधनीहरुमात्रै यी दुवै योजनाको प्रतिफल पाउन योग्य हुनेछन् । 

यी दुवै योजनाका इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि करसहित ५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने निर्णय क्यापिटलले गरेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया