काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी सांग्रिला मुद्दति धमाका योजना सार्वजनिक गरेको छ ।
ग्राहकले यो योजना न्यूनतम मौज्दात रु. १० हजारबाट सुरु गर्न सक्नेछन् । यस मुद्दति योजनाअन्तर्गत बचत रकमअनुसार ४ गुणा, ५ गुणा र १० गुणासम्म प्रतिफल प्राप्त गर्न सकिनेछ ।
ग्राहकले यस योजनाअन्तर्गत आफ्नो बचत रकमको १२ वर्ष २ महिना १४ दिनमा ४ गुणा रकम÷प्रतिफल प्राप्त गर्न सक्नेछन् भने सोहीअनुसार १४ वर्ष २ महिना १ दिन र २० वर्ष ३ महिना १४ दिनमा क्रमशः ५ गुणा र १० गुणा रकम÷प्रतिफल प्राप्त गर्न सक्नेछन् ।
यस योजनाअन्तर्गतका खातामा ग्राहकले कर्जाको सुविधा प्राप्त गर्न सक्नेसमेत व्यवस्था गरिएको छ । ग्राहकले आफ्नो बचत रकममा कर्जा लिने वा दिने दिनसम्म पुँजीकरण गरिएको ब्याज रकमसमेत जोडेर हुन आउने रकमको ८० प्रतिशतसम्म कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।
यस योजनामा सहभागी हुन चाहने ग्राहकले मुलुकभर रहेका ११२ शाखा कार्यालयमार्फत सुलभ तरिकाले खाता खोली रकम वचत गर्न तथा कर्जा सुविधा लिन सक्नेछन् । यो योजना सीमित अवधिका लागिमात्र सञ्चालन गरिएको बैंकले जनाएको छ ।
यस योजनाअन्तर्गत ग्राहकले अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।
प्रतिक्रिया