तीन कम्पनीको शेयर नेप्सेमा सूचीकृत, आजदेखि कारोबार गर्न सकिने

३ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा तीन कम्पनीको शेयर सूचीकृत भएको छ । मन्दाकिनी हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन र अपर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनीको शेयर सूचीकृत भएको हो । । सूचीकृत भएसँगै भदौ १ गते अर्थात आजदेखि कम्पनीको शेयर कारोबार गर्न सक्ने भएको छ ।

१. मन्दाकिनी हाइड्रोपावर
मन्दाकिनीको ५८ लाख ८० हजार ३६९ कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुलाई निष्काशन गरेको ५ लाख ८८ हजार ३७ कित्ता, सर्वसाधारणका लागि निष्काशन गरेको ११ लाख ७६ हजार ७३ कित्ता र संस्थापकहरुले लगानी गरेको ४१ लाख १६ हजार २५९ कित्ता गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो । 

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०२ रुपैयाँदेखि ३०६ रुपैयाँ सम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कारोबारको लागि कम्पनीलाई नेप्सेले एमएचएल स्टक टिकर प्रदान गरेको छ । 

२. श्वेतगंगा हाइड्रोपावर
श्वेतगंगाको १ करोड ५९ लाख ३० हजार कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुलाई निष्काशन गरेको १५ लाख ९३ हजार कित्ता, सर्वसाधारणका लागि निष्काशन गरेको ३१ लाख ८६ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १ करोड ११ लाख ५१ हजार कित्ता गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो । 

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ८९ रुपैयाँ ८८ पैसादेखि २६९ रुपैयाँ ६४ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कारोबारको लागि कम्पनीलाई नेप्सेले एसजिएचसी स्टक टिकर प्रदान गरेको छ ।

३. अपर सोलु हाइड्रो
अपर सोलुको १ करोड ३५ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुलाई निष्काशन गरेको १३ लाख ५० हजार कित्ता, सर्वसाधारणका लागि निष्काशन गरेको १९ लाख ५७ हजार ५०० कित्ता र संस्थापकहरुले लगानी गरेको १ करोड १ लाख ९२ हजार ५०० कित्ता गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो । 

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०८ रुपैयाँ २१ पैसादेखि ३२४ रुपैयाँ ६३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कारोबारको लागि कम्पनीलाई नेप्सेले यूएसएचईसी स्टक टिकर प्रदान गरेको छ । यही ओपनिङ्ग रेञ्जको आधारमा यी कम्पनीहरुको शेयर कारोबार आजको स्पेशल प्रि ओपन सेसनमा खुल्नेछ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया