काठमाडौं - प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ ।
यही मिति ३१ साउन २०७९ का दिन प्रभु क्यापिटल तथा एक्सप्रेस इट्सबीचमा सम्झौता भएको छ । यस योजनाअन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस इट्सबाट अनलाइन अर्डर गरी सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन् ।
यो योजनाबाट लाभ लिन ग्राहकले चेक आउट या बिल पेमेन्ट गर्दा प्रोमो कोडमा “PRABHUCAP10” उल्लेख गर्नुपर्नेछ । यसैगरी यस क्यापिटलको हितग्राही ग्राहकले पाउने अर्को विशेष अफरअन्तर्गत रोडहाउस पिज्जा बत्तीसपुतलीबाट समेत सेवा लिँदा १० प्रतिशत छूट पाउने भएका छन् ।
यो योजनाबाट लाभ लिन हितग्राहीले चेक आउट या बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलको हितग्राही भएको उल्लेख गर्नुपर्नेछ । हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया