आयल निगमलाई मासिक ६२ करोड घाटा, पेट्रोलको मूल्य नघट्ने

३ बर्ष अगाडि

काठमाडौं - नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसलाई चार महिनादेखि बाँकी भुक्तानी दिन नसकेको बताउदै इन्धनको मुल्य घटेर आएपनि नेपालमा यथावत रहने बताएको छ ।

मंगलबार आयल निगमले पत्रकार सम्मेलन गर्दै इन्धनको मूल्य नघटाउने बताएको हो ।  भारतबाट मुल्य घटेर आएपनि अहिले निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ नाफामा र डिजेलमा ५ रुपैयाँ घाटामा रहेको जनाएको छ ।

त्यसैगरी, एलपी ग्यासमा प्रति सिलिन्डर ४९९ रुपैयाँ घाटामा रहेको बताउदै निगमलाई मासिक करिब ६२ करोड अझै घाटा रहेको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया