दोहोरो अंकले घटेको बजारमा ३१ कम्पनीको शेयरमूल्य बढ्यो, कुन कति ?

३ बर्ष अगाडि

काठमाडौं- साताको तेस्रो कारोबारको दिन (मंगलबार) शेयर बजार फेरि घटेको छ  । केही दिनदेखि निरन्तर ओरालो लागेर हिजो बढेको शेयर बजार आज फेरि दोहोरो अंकले घटेको छ ।

हिजो ५५.८८ अंकले बढेर अंकले बढेर २०६५.८९ को बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक आज २४.८३ अंकले घटेर २०४१.०६ को बिन्दुमा झरेको छ । 

दोहोरो अंकले घटेको बजारमा आज कारोबारमा आएका २२१ कम्पनी मध्ये जम्मा ३१ कम्पनीको मात्र शेयरमूल्य बढेको छ ।

आज अपर हेवाखोला हाइड्रोपावरको शेयर कारोबार सकरात्मक सर्किट लेभमा भएको हो । कम्पनीको शेयरमूल्य हिजो तुलनामा ९.९९ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.१८७.२० पुगेको हो ।

यस्तै, अन्य बाँकी ३० कम्पनीको शेयरमूल्य ४ प्रतिशत र सो भन्दा कम प्रतिशतले बढेको छ ।  

३ बर्ष अगाडि

प्रतिक्रिया