काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) शेयर बजार फेरि घटेको छ । केही दिनदेखि निरन्तर ओरालो लागेर हिजो बढेको शेयर बजार आज फेरि दोहोरो अंकले घटेको छ ।
हिजो ५५.८८ अंकले बढेर अंकले बढेर २०६५.८९ को बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक आज २४.८३ अंकले घटेर २०४१.०६ को बिन्दुमा झरेको छ ।
शेयर बजार घटेपनि आज कारोबार रकम भने बढेको छ । हिजो २ अर्ब ४३ करोडको कारोबार भएको नेप्सेमा ६४ लाख ६ हजार ७३८ कित्ता शेयर खरिदबिक्री हुदाँ २ अर्ब ७३ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।
यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। जसमा हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै ३.१८ प्रतिशतले घटेको छ भने फाइनान्स र विकास बैंक उपसमूहको सूचक पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ।
मंगलबार अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने स्वाभिमान लघुवित्तको ४.०२ प्रतिशत, हिमालयन बैंकको १.९० प्रतिशत, सानिमा बैंकको १.५६ प्रतिशत र मल्टिपर्पस फाइनान्सको १.५२ प्रतिशतले बढेको छ।
यता युनिलिभरको शेयरमूल्य सबैभन्दा धेरै ५.६२ प्रतिशतले घटेको छ भने दोर्दी खोला जलविद्युतको ५.५१ प्रतिशत, पञ्चकन्या माइ हाइड्रोपावरको ५.४७ प्रतिशत, जोशि हाइड्रोपावरको ५.४६ प्रतिशत र हिमालयन उर्जा हाइड्रोपावरको ५.३२ प्रतिशतले घटेको छ।
मंगलबार रिडि हाइड्रोपावरको सबैभन्दा धेरै ४० करोड, ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको ८ करोड ६८ लाख, हिमालयन डिस्टिलरीको ५ करोड ८७ लाख, महालक्ष्मी विकास बैंकको ५ करोड ८७ लाख र नेपाल दुरसञ्चार कम्पनीको ५ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
प्रतिक्रिया