काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) शेयर बजार फेरि घटेको छ । केही दिनदेखि निरन्तर ओरालो लागेर हिजो बढेको शेयर बजार आज फेरि दोहोरो अंकले घटेको छ ।
हिजो ५५.८८ अंकले बढेर अंकले बढेर २०६५.८९ को बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक आज २४.८३ अंकले घटेर २०४१.०६ को बिन्दुमा झरेको छ ।
आज शेयर बजारमा ६४ लाख ६ हजार ७३८ कित्ता शेयर खरिदबिक्री हुदाँ २ अर्ब ७३ करोड रुपैयाँ माथिको कारोबार भएको छ । सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक सर्वाधिक रिडी पावरको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन ४० करोड ८२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्ट्सको ८ करोड ६८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ५ करोड ८७ लाख, महालक्ष्मी विकास बैंकको ५ करोड ८७ लाख र एनटिसिको ५ करोड ६१ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

प्रतिक्रिया