काठमाडौं-माक्र्सीय गुरुकुलका अध्यक्ष स्व.स्वनाम (शशी शेरचन)को 'स्मृतिमा स्वनाम' पुस्तक विमोचन गरिएको छ ।
एक समारोहका विचबीच प्रमुख अतिथि वरिष्ट पत्रकार तथा वाम साहित्यकार भैरव रिसाल,वाम विश्लेषक तथा पुस्तक प्रकाशनका सम्पादक निनु चापागाई र पूर्व सांसद तथा माक्र्सीय गुरुकुलका सदस्य घनश्याम शर्मा पौडेलले संयुक्त रुपमा सो पुस्तक विमोचन गरेका हुन् ।
यस पुस्तक भित्र सम्पादकको कुरो, प्रकाशकीय र ८३ जना लेखकले उनको बारेमा लेखेका छन् भने अन्तिममा बिभिन्न कालखण्डमा खिचिएको फोटो राखिएको छ ।
यस पुस्तकको बारेमा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा सासंद पूर्व शिक्षा मन्त्री गिरिराज मणि पोखरेल,वरिष्ट वाम विश्लेषक श्याम श्रेष्ठ, साहित्यकार आहुतीहरुले टिप्पणी गरेका थिए ।

प्रतिक्रिया