ज्योति लाइफको बीमा शुल्क संगसंगै खुद नाफा पनि बढ्यो, अन्य सूचकको अवस्था कस्तो ?

३ बर्ष अगाडि

काठमाडौं, ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चौथौ त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। 

वित्तीय विवरण अनुसार कम्पनीले खुद बीमा शुल्क आर्जन २०.६३ प्रतिशतले बढेर ३ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ३ अर्ब १ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।

ज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा २३ करोड ९१ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको छ ।

अघिल्लो वर्ष कम्पनीले १३ करोड १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद नाफा ८३.९८ प्रतिशतले बढेको हो । 

कम्पनीले नोक्सानी व्यवस्थाका लागि २ करोड ४५ लाख रुपैयाँ छुट्याएको छ । साथै, यसको व्यवस्थापन खर्च पनि सामान्य बढेको छ ।असार मसान्तसम्म कम्पनीको जगेडा कोष ३४.६० प्रतिशतले बढेर ७७ करोड ५० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यसको जगेडामा ५७ करोड ५८ लाख रुपैयाँ रहेको थियो। जीवन बीमा कोषको आकार भने ५९.१३ प्रतिशतले बढेर ६ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बीमा कोष ३९ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो।

ज्योतिको चुक्ता पुँजी २ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । असार मसान्तसम्म आइपुग्दा यसको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ८८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ६५ पैसा छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया