भोलिबाट लागु हुने गरी नेपाल बैंकको नयाँ व्याजदर सार्वजनिक, कुन खातामा कति ब्याजदर पाइने ?

३ बर्ष अगाडि

काठमाडौं,नेपाल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोलि (भदौ १ गते)  बाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैकले अन्य सबै खातामा साउनकै ब्याजदरलाई निरन्तरता दिएको छ भने संस्थागत मुद्दती निक्षेपको भने ब्याज १ प्रतिशतले घटाएको छ । 

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ९.०३ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ९.०३ प्रतिशत देखि अधिकतम ११.०३ प्रतिशतसम्म तोकिएको छ । बैंकले रेमिट्यान्स बचत खाता र मुद्दति खातामा क्रमश ९.०३ र १२.०३ प्रतिशत ब्याज दिने छ । 

त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ७.९९ प्रतिशत रहेको छ । 

62fb0da80916b.jpg

३ बर्ष अगाडि

प्रतिक्रिया