प्रि ओपन सेसनमा साढे ३ अंकले बढ्यो नेप्से,१८ लाख बढीको कारोबार

३ बर्ष अगाडि

काठमाडौ, साताको तेस्रो कारोबारको दिन (मंगलबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ५५.८८ अंक बढेर २०६५.८९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.४८ अंक बढेर २०६९.३८ विन्दुमा पुगेको छ। 

मंगलबार प्रि ओपन सेसनमा २७  स्टकको १८ लाख ३८ हजार ९३१ रुपैयाँ बराबरको ३ हजार ६२० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २० स्टकको मूल्य बढेको छ भने ५ स्टकको मूल्य घटेको छ। यस्तै, बाँकी २ स्टकको मूल्य स्थिर रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया