काठमाडौं- युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको वार्षिक वित्तीय विवरण सर्वाजनिक गरेको छ ।
वित्तीय विवरणअनुसार युनियन लाइफले गत आर्थिक वर्षको असार मसान्तसम्म ११ अर्ब २७ करोड ४२ लाख रुपैयाँको जीवन बीमा कोष खडा गर्न सफल भएको छ । यस अवधिसम्म कम्पनीको कोषको आकार अघिल्लो आवको तुलनामा ४७.२० प्रतिशतले बढेको हो । अघिल्लो आवको यसै अवधिसम्म युनियन लाइफले ७ अर्ब ६५ करोड ९४ लाख रुपैयाँको जीवन बीमाकोष खडा गरेको थियो ।
कोषको आकार बढाउँदै सो अवधिसम्म युनियन लाइफ इन्स्योरेन्सले कुल बीमा शुल्क आर्जनमा समेत सुधार गरेको छ । चौथो त्रैमाससम्म कम्पनीले ७ अर्ब ५९ करोड ४२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । यस्तो आम्दानी अघिल्लो आवको तु्लनामा १५.४३ प्रतिशतले बढी हो । अघिल्लो आवको यसै अवधिसम्म कम्पनीले ६ अर्ब ५७ करोड ८८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
बीमाशुल्क आर्जनसँगै कम्पनीको खुद दाबी भुक्तानी समेत बढ्न पुगेको छ । गत आवको असार मसान्तसम्म कम्पनीको खुद दाबी भुक्तानी ४६.९१ प्रतिशतले बढेर २ अर्ब ७४ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, यस अवधिसम्म कम्पनीको व्यवस्थापन खर्च ८.१० प्रतिशत घटेर ९६ करोड ६७ लाख रुपैयाँ पुगेको छ भने कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानी ९८ करोड २ लाख रुपैयाँ पुगेको छ । आम्दानी बढेपनि कम्पनीको यस अवधिसम्म खुद नाफा भने घट्न पुगेको छ। सो अवधिसम्म्म कम्पनीको खुद नाफा ९०.२३ प्रतिशतले घट्न पुगेको छ ।
अघिल्लो आवको अन्त्यसम्म १३ करोड ३ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको युनियन लाइफले यस अवधिसम्म् १२ करोड ७३ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । साथै नाफा घटेसँगै कम्पनीको अभिकर्ता कमिशन समेत ३.८८ प्रतिशतले घटेर १ अर्ब १६ करोड ५ लाख रुपैयाँमा सीमित भएको छ ।
यस अवधिसम्म कम्पनीको चुक्तापुँजी २ अर्ब १५ करोड रुपैयाँ रहेकोमा कम्पनीको प्रतिशेयर आम्दानी ०.५९ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ८० पैसा रहेको छ ।
प्रतिक्रिया