नारायणी डेभलपमेन्ट बैंकले २६ लाख २४ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने,बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

३ बर्ष अगाडि

काठमाडौं, नारायणी डेभलपमेन्ट बैंक शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ। बैंकले १ः १ को अनुपातमा आफ्ना शेयरधनीहरुलाई २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

चितवन जिल्लाको रत्ननगर नपा, टाँडी, बकुलरमा केन्द्रीय कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त “ख” वर्गको १–३ जिल्लास्तर (नवलपरासी, चितवन र मकवानपुर) कार्यक्षेत्र रहेको यस डेभलपमेन्ट बैंकको अधिकृत पुँजी ५३ करोड र जारी पुँजी २६ करोड २४ लाख ६७ हजार ६ सय रहेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया