समायोजनपछि एनएमबि हाइब्रिड फन्ड एल–१ र एनएमबि फिफ्टीको मूल्य कति पुग्यो ?

३ बर्ष अगाडि

काठमाडौं- एनएमबि म्युचुअल फन्डअन्तर्गत एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही सञ्चालनमा रहेको एनएमबि हाइब्रिड फन्ड एल–१ र एनएमबि फिफ्टीको इकाइमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से)समायोजन भएको छ। 

नेप्सेले मूल्य समायोजन गर्दै प्रतिइकाइ एनएमबि हाइब्रिड फन्ड एल–१ को ९.७८ रुपैयाँ र एनएमबि फिफ्टीको १०.४९ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार क्रमशः ११.८९ रुपैयाँ र १२.६० रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार यी दुवै योजनाका इकाइहरु कारोबारमा आउनेछन्।

यी दुवै फन्डले आर्थिक वर्ष २०७८–७९का लागि योजनाका इकाइधनीहरुलाई समान २१.०५२६३ प्रतिशत नगद लाभांश घोषणा गरेका छन्। यी योजनाको नगद लाभांश वितरण प्रयोजनार्थ आज साउन ३१ गते बुक क्लोज गरिएको छ। 

यसको अर्थ हिजो साउन ३० गतेसम्म कायम इकाइधनीले मात्र यी दुवै योजनाका नगद लाभांश पाउनेछन्। 
 

३ बर्ष अगाडि

प्रतिक्रिया