सन नेपाल लाइफद्धारा १४ लाख मृत्यु दाबी भुक्तानी

३ बर्ष अगाडि

काठमाडौं- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी रकम भुक्तानी गरेको छ। 

वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका बीमित स्व सन्तोष रानाको मृत्यु दाबी भुक्तानी कम्पनीले गरेको हो। रानाको गत जेठ ३० गते काम गर्दागर्दै कतारमा मृत्यु भएकाले बीमितको इच्छाएको व्यक्ति निजकी श्रीमती रन्जिता रानालाई किरिया खर्च, बीमांक रकम, अन्य आय नोक्सानी, शव ढुवानी खर्च गरी जम्मा रकम १४ लाखको चेक रकम कम्पनीका धनगढी शाखा प्रबन्धक लक्ष्मीकान्त जैसीले भुक्तानी गरेका हुन्। 

यसका साथै उक्त मृत्युदावी रकम भुक्तानी कार्यक्रममा स्थानीय जनप्रतिनिधि, आमसर्वसाधारण र अभिकर्ताहरुको उपस्थिति थियो। कार्यक्रममा कम्पनीका धनगढी शाखा प्रबन्धक लक्ष्मीकान्त जैसीले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारेका थिए। 

३ बर्ष अगाडि

प्रतिक्रिया