बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टमा १०%को छुट

३ बर्ष अगाडि

काठमाडौं- बैंक अफ काठमाण्डू लिमिटेड र मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्ट बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको छ  । 

यस सम्झौता पश्चात् ग्राहकहरुले मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्ट मा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १०%को छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोटले बाँकेको नेपालगंजबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।      

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया