काठमाडौं, साउन महिना लागेयता वाणिज्य बैंकहरुको निक्षेप १ खर्ब २० अर्र्ब रुपैयाँले घटेको छ।
नेपाल बैंकस एसोसिएसनको तथ्यांकअनुसार साउन २७ गतेसम्म बैंकहरुको कुल निक्षेप १ खर्ब २० अर्ब रुपैंयाले घटेर ४४ खर्ब २१ अर्ब रुपैयाँमा झरेको छ। गत असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको थियो।
एसोसिएसनको तथ्यांकअनुसार साउनको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप ६३ अर्ब रुपैयाँ, दोस्रो साता २८ अर्ब रुपैयाँ, तेस्रो साता ४ अर्ब रुपैयाँ र चौथो साता २५ अर्ब रुपैयाँले घटेको छ।
यसैगरी वाणिज्य बैंकहरुको कर्जा लगानी भने असार मसान्तको तुलनामा साउन चौथो सातासम्म स्थिर रहेको देखिन्छ। गत असार मसान्तमा वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको थियो। साउन २७ गतेसम्म पनि बैंकहरुको कुल कर्जा लगानी ४१ ७५ अर्ब रुपैयाँ नै रहेको छ।
साउनको तेस्रो साताको तुलनामा चौथो साता भने कर्जा लगानी ९ अर्ब रुपैयाँले बढेको छ। गत साउन २० गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ६६ अर्ब रुपैयाँमा रहेको थियो। साउन २७ गतेसम्म ९ अर्ब रुपैयाँले बढेर कुल कर्जा लगानी ४१ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ।
गत साउन २० गतेसम्म सीडी रेसियो ८७.६९ प्रतिशत रहेकोमा साउन २७ गतेसम्म बढेर ८८.३५ प्रतिशत पुगेको छ।
प्रतिक्रिया