काठमाडौं- नेपाल धितोपत्र बोडले थ्राइभ ब्रोकरेज हाउस (ब्रोकर नं.१३) लाई जरिवाना तिराएको छ।
अनधिकृत रूपमा आफ्नो शाखा बिस्तार गरी कारोबार नियमावली, २०६४ को नियम ४० को उपनियम (१) मा ’धितोपत्र दलाल र धितोपत्र व्यापारीले बोर्डको स्वीकृति लिई शाखा कार्यालय खोल्न सक्नेछ’ भन्ने व्यवस्था छ।
बाइपास गरी शाखा कार्यालय खोलेपछि थ्राइभ ब्रोकरेज हाउस प्रालिले हर्जाना व्यहोरेको हो। कम्पनीले तनहुँको व्यास–२ दमौलीमा शाखा कार्यालय स्थापना गरेको थियो। स्वीकृति नलिएको खुलेपछि सेबोनले जरिवानाको कारबाही गरेको हो।
प्रतिक्रिया