रिडि कारोबार खुल्दाँ रैराङ्ग हाइड्रोपावरका शेयरधनीमा मर्कामा, घटेको मूल्यमा नै शेयर बेच्नुपर्ने अवस्था

३ बर्ष अगाडि

काठमाडौं- मर्जरमा गएको दुई कम्पनीमध्ये एउटा कम्पनीका शेयरधनीले मात्रै शेयर कारोबार गर्न पाँउदा अर्का कम्पनीको शेयरधनी भने मर्कामा परेका छन्। यसो हुँदा पनि नेप्सेले ती कम्पनीको शेयर कारोबार रद्द भने गरेको छैन।

आइतबार नेप्सेले रिडि हाइड्रोपावरको पहिलो कारोबारको लागि प्रतिकित्ता ७०८.६० रुपैयाँ कारोबार रेञ्ज दिएको थियो। सोमबार उसको शेयर प्रतिकित्ता ६९४.५ रुपैयाँमा खुल्यो। सो पश्चात कम्पनीको शेयरमूल्य घटेर ६३७.८ रुपैयाँमा झरेको छ। यसमा रैराङ्ग हाइड्रोपावरका शेयरधनीले कारोबार गर्न पाएका छैनन्।

एउटै कम्पनीको शेयर आधा शेयरधनीले कारोबार गर्न पाउने तर अर्को आधा शेयरधनीले कारोबार गर्न नपाउने अवस्था देखिएको छ। रैराङ्ग हाइड्रोपावरको शेयर पहिलो दिन नै बिक्री गर्न चाहने लगानीकर्ता भने मर्कामा परेका छन्। 

कम्पनीको शेयर मूल्य सोमबार ९.९९ प्रतिशतले घटिसकेको छ। अब रैराङ हाइड्रोपावरका शेयरधनीले भने भोली खातामा आएपछि त्यहि घटेको मूल्यमा नै आफनो शेयर बेच्नुपर्ने अवस्था छ।

३ बर्ष अगाडि

प्रतिक्रिया