काठमाडौं- सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी बापतको रकम भुक्तानी गरेको छ ।
कम्पनीले कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १ भुरुवा निवासी स्वर्गीय पुर्ण खनालको अकस्मात दुर्घटनाभई मुम्बईमा मृत्यु भएपछि उनकी श्रीमति राधिका खनाललाई लम्की उपशाखाले बीमा बापतको रकम प्रदान गरेको हो ।
इन्स्योरेन्सले एक कार्यक्रमकाबीच स्वर्गीय खनालकी पत्नी राधिका खनाललाई ३ लाख १२ हजार बराबरको चेक रकम हस्तान्तरण गरेको हो । सानिमा लाइफ इन्स्योरेन्स सुदूरपश्चिम प्रदेशका प्रमुख गणेश प्रसाद उप्रेती र सानिमा लाइफ इन्स्योरेन्स लम्की शाखाका शाखा प्रमुख कमल प्रसाद खनालले चेक रकम हस्तान्तरण उक्त चेक हस्तान्तरण गरेका हुन् ।
स्वर्गीय खनालले २०७७ असारमा १० हजार ७ सय रुपैयाँ तिरेर सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सानिमा सरल जीवन गराएका थिए । उनको गत वैशाख १९ गते भारतको मुम्बईमा दुर्घटनाम परि मृत्यु भएको थियो ।
प्रतिक्रिया