३ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

३ बर्ष अगाडि

काठमाडौं- साताको दोस्रो कारोबारको दिन (सोमबार) शेयर बजारमा सकरात्मक उछाल देखिएको छ । गत पाँच दिनदेखि शेयर बजार लगातार घट्दो क्रममा थियो । 

आइतबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक २७.९२ अंकले घटेर २०१०.०१ विन्दुमा झरेको थियो, यस दिन नेप्से ५५.८८ अंकले बढेर २०६५.८९ को बिन्दुमा पुगेको छ । 

बैंकर्स संघले भदौ महिनामा बैंकहरुको ब्याजदर नबढाउने कुराले आज शेयरबजार एकाएक बढ्न पुगेको हो । 

आज श्री इन्भेष्टमेन्ट फाइनान्स,मल्टीपर्पोस फाइनान्स र  राधी जलविद्युत कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

यस्तै,रिभर फल्स पावरको ९.९९ प्रतिशत, पञ्चकन्या माई हाइड्रोपावर ९.९६ प्रतिशत र अपर हेवाखोलाको शेयरमूल्य ९.९५ प्रतिशतले बढेको छ । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया