शेयर बजारमा उछाल : कारोबार रकम संगै नेप्से परिसुचक पनि उच्च अंकले बढ्यो

३ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो कारोबारको दिन (सोमबार) शेयर बजारमा सकरात्मक उछाल देखिएको छ । गत पाँच दिनदेखि शेयर बजार लगातार घट्दो क्रममा थियो । 

आइतबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक २७(९२ अंकले घटेर २०१०.०१ विन्दुमा झरेको थियो, यस दिन नेप्से ५५.८८ अंकले बढेर २०६५.८९ को बिन्दुमा पुगेको छ । 

बैंकर्स संघले भदौ महिनामा बैंकहरुको ब्याजदर नबढाउने कुराले आज शेयरबजार एकाएक बढ्न पुगेको हो । आज  शेयरबजारमा ६० लाख २६ हजार १९२ कित्ता शेयर खरिद बिक्री हुदाँ २ अर्ब ४३ करोड माथिको कारोबार भएको छ ।

सोमबार पनि फाइनान्स, विकास बैंक र हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ। यस दिन फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ७.३८ प्रतिशतले बढेको छ भने विकास बैंक उपसमूहको ५.३२ प्रतिशत र हाइड्रोपावर उपसमूहको सूचक ४.४३ प्रतिशतले बढेको छ।

सोमबार श्री इन्भेष्टमेन्ट फाइनान्स, मल्टिपर्पस फाइनान्स र राधी विद्युतको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने रिभर फल्स पावरको ९.९९ प्रतिशत र पञ्चकन्या हाइड्रोपावरको ९.९६ प्रतिशतले बढेको छ।

यता आजै कारोबार खुलेको रिडि हाइड्रोपावरको शेयरमूल्य ९.९९ प्रतिशतले घटेको छ भने गुँरास लघुवित्तको २.७० प्रतिशत र शिवम सिमेन्टको २.१२ प्रतिशतले घटेको छ।

सोमबार शिवम सिमेन्टको २१ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नेपाल लाइफको १२ करोड ५५ लाख, हिमालयन डिस्टिलरीको ९ करोड ४१ लाख र नेपाल दुरसञ्चार कम्पनीको ६ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया