सोमबार यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीले कतिको कारोबार गरे ?

३ बर्ष अगाडि

काठमाडौं- साताको दोस्रो कारोबारको दिन (सोमबार) शेयर बजारमा सकरात्मक उछाल देखिएको छ । गत पाँच दिनदेखि शेयर बजार लगातार घट्दो क्रममा थियो । 

आइतबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक २७(९२ अंकले घटेर २०१०.०१ विन्दुमा झरेको थियो, यस दिन नेप्से ५५.८८ अंकले बढेर २०६५.८९ को बिन्दुमा पुगेको छ । 

बैंकर्स संघले भदौ महिनामा बैंकहरुको ब्याजदर नबढाउने कुराले आज शेयरबजार एकाएक बढ्न पुगेको हो । आज  शेयरबजारमा ६० लाख २६ हजार १९२ कित्ता शेयर खरिद बिक्री हुदाँ २ अर्ब ४३ करोड माथिको कारोबार भएको छ ।

सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्को शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन २१ करोड २ लाख माथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड ५५ लाख, हिमालयन डिस्टिलरीको ९ करोड ४१ लाख, नेपाल टेलिकमको ६ करोड ८५ लाख र अरुण भ्याली हाइड्रोपावरको ६ करोड १४ लाख रुपैयाँमाथिको कारोबार भएकोछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया