भदौ महिनामा विकास बैंक र फाइनान्सहरुले पनि ब्याजदर नबढाउने

३ बर्ष अगाडि

काठमाडौं - विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि भदौ महिनामा ब्याजदर नबढाउने भएका छन् । 

ब्याजदर बढाउँदा पनि निक्षेप नबढ्ने अवस्था हुँदा विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि साउनकै ब्याजदरलाई भदौमा निरन्तरता दिने भएका हुन् ।

संस्थागतर्फ मुद्दति निक्षेपको ब्याजदर भने  राष्ट्र बैंकले नियमअनुसार घटाएर नयाँ ब्याजदर प्रकाशित गर्ने बताइएको छ । 

फाइनान्स कम्पनीहरुको छाता संगठन वित्तीय संस्था संघले पनि भदौका लागि निक्षेपको ब्याजदर नबढाउने निर्णय गर्ने प्रबल सम्भावना रहेका स्रोतले जनाएको छ ।

फाइनान्स कम्पनीहरुले संस्थागत मुुद्दति निक्षेपको ब्याजदर १ प्रतिशतले घटाउने लगभग पक्का भएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया