विद्युत बिक्री आम्दानीसँगै वित्तीय आम्दानी बढ्दा चिलिमे जलविद्युत बढ्यो खुद नाफा

३ बर्ष अगाडि

काठमाडौं - चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा ७६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.९३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६६ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानीसँगै वित्तीय आम्दानी बढ्दा खुद नाफा बढ्न पुगेको हो । असार मसान्तसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी ४.७६ प्रतिशत र सञ्चालन मुनाफा ७.९५ प्रतिशत बढेको छ । त्यसैगरी, कम्पनीको वित्तीय आम्दानी २०.२९ प्रतिशत बढेको छ भने अन्य आम्दानी ५५.५४ प्रतिशत घटेको छ ।

६ अर्ब ७५ करोड १७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब ६४ करोड २१ लाख रुपैयाँ सञ्चित छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.७६ प्रतिशत कम हो ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७३ पैसा बढेर ११ रुपैयाँ ३७ पैसा पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ९४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३६.२४ गुणा रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया