चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा घट्यो शिखर इन्स्योरेन्सको प्रतिशेयर आम्दानी

३ बर्ष अगाडि

काठमाडौं - शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४० करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

इन्स्योरेन्सले  सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा र खुद बीमा शुल्क दुबै बढेको छ ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.९३ प्रतिशत बढी हो  अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ३१ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क १८.५० प्रतिशत बढेको छ। त्यसैगरी, इन्स्योरेन्सको पुनर्बीमा कमिशन आम्दानी २४.४२ प्रतिशत बढेको छ 

नाफा बढेपनि इन्स्योरेन्सको प्रतिशेयर आम्दानी भने घटेको छ । चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा यस्तो आम्दानी घट्न पुगेको हो । 

असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४५.९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २५४ रुपैयाँ ४० पैसा रहेको छ ।

२ अर्ब २८ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ८७ करोड ७ लाख रुपैयाँ सञ्चित छ । 

त्यस्तै, इन्स्योरेन्सको बीमा कोषमा १ अर्ब ४१ करोड १६ लाख रुपैयाँ र महाविपत्ती कोषमा ११ करोड ८ लाख रुपैयाँ रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया