एलआईसीको बीमा शुल्क आर्जन १८ अर्ब १३ करोड, पीई रेसियो कति ?

३ बर्ष अगाडि

काठमाडौं - लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले गत आर्थिक वर्षमा १८ अर्ब १३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणले यस्तो देखाएको हो । 

सार्वजनिक वित्तीय विवरणअनुसार उक्त बीमा शुल्क अघिल्लो वर्षको यही अवधिको तुलनामा ४.४० प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन १७  अर्ब ४ करोड रुपैयाँ रहेको थियो । 

समीक्षा अवधिमा कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आय बढेर ६ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आय ६ अर्ब २० करोड रुपैयाँ रहेको थियो । 

यो अवधिमा कम्पनीले ९ अर्ब ६ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २३.२० प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ७ अर्ब ३५ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । 

समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च बढेर ८७ करोड रुपैयाँ पुगेको छ ।  अघिल्लो वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च ८१ करोड १५ लाख रुपैयाँ रहेको थियो । कम्पनीले ८ करोड ७४ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो वर्ष कम्पनीले १९ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

समीक्षा अवधिसम्म कुल कायम रहेको बीमालेखको संख्या ७ लाख ९ हजार ७८० पुगेको छ। अघिल्लो वर्ष यो संख्या ७ लाख ४१ हजार २३९ रहेको थियो । चुक्तापुँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ३.३० रुपैयाँले ऋणात्मक रहेको छ । 

पीई रेसियो ४२९.१६ गुणाले ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १३६.७९ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीले जीवन बीमा कोषको आकार बढाएर ९३ अर्ब ६३ करोड रुपैयाँको उचाइमा पुर्याएको छ । अघिल्लो वर्ष यस्तो कोषमा ८१ अर्ब ६ करोड रुपैयाँमा सीमित थियो ।  

अघिल्लो वर्षको यही अवधिसम्म ६४ करोड ८७ लाख रुपैयाँ रहेको रिजर्भ घटेर ६१ करोड ५५ लाख रुपैयाँमा झरेको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया