तेह्रथुम पावरलाई ४४ लाख ३३ हजार घाटा

३ बर्ष अगाडि

काठमाडौं - तेह्रथुम पावर कम्पनी लिमिटेडले ४४ लाख ३३ हजार रुपैयाँ घाटा बेहोरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणले यस्तो देखाउको हो ।

वित्तिय विवरण अनुसार अघिल्लो वर्ष यही अवधिसम्ममा कम्पनीले ५ करोड २१ लाख रुपैयाँ घाटा व्यहोरेको थियो । 

समीक्षा अवधिसम्ममा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ११२.२३ प्रतिशतले बढेर १४ करोड २७ लाख रुपैयाँ भएको छ । अघिल्लो वर्ष विद्युत बिक्रीबाट हुने आम्दानी ६ करोड ७२ लाख रुपैयाँमा सीमित थियो । 

चुक्तापुँजी ४० करोड रहेको कम्पनीको रिजर्भ १० करोड १७ लाख रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो वर्ष रिजर्भ ९ करोड ४८ लाख रुपैयाँले ऋणात्मक थियो  

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १.११ रुपैयाँले ऋणात्मक छ । अघिल्लो वर्ष ईपीएस १८.६१ रुपैयाँले ऋणात्मक थियो । प्रतिसेयर नेटवर्थ ७५ रुपैयाँ रहेको कम्पनीको पीई रेसियो ३८४ गुणाले ऋणात्मक छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया